टर्कीमा सात सुरक्षाकर्मी मारिए

रिपोर्ट नेपाल | 2018 Oct 04 | 06:42 pm 3733

अङकरा, १८ असोज : टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् । बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएका थिए ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.