झुलाघाट नाका बन्द हुने

| 2024 Apr 16 | 03:24 pm 233

काठमाडौँ, ०४ वैशाख / भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ। सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् ।

नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ। दुवै देश मध्धे एक देशमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन रहेको छ।

अप्रिल १९ तारिख उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँने भएको हुदा उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.