झारफुककाे बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा पुजारी पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 28 | 04:12 pm 2005

बाँके, भदाै १२ः झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा एक जना पुजारी झांक्रीलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारी रहेका छन् । उनले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप लागेको थियाे ।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पुजारीले ती महिलालाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको दावी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.