झापा-१ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 06:24 pm 1609

झापा, झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.