झापा, कात्तिक १७ : (समाचार अपडेट) झापाको झिलझिलेमा भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएका छन् ।
घटनाको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।