झापामा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल | 2020 Jan 05 | 09:01 am 1575

झापा, पुस २०ः गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

अटोरिक्सामा सवार घाइते भएका तीनै जनाको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.