झापा, वैशाख २९: जिल्लाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद वस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।
बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको छ। शंकास्पद वस्तु बम हो वा होइन भन्ने यकिन भने भएको छैन।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सुवाश खड्काले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली आइपुगेको जानकारी दिए। डिएसपी खड्काका अनुसार उक्त वस्तु बम हो वा होइन त्यो यकिन भएको छैन । चाडै नै पत्ता लगाएर राजमार्गमा यातायात सुचारु गर्ने बताए ।