बझाङमा जीप दुर्घटना : २ जनाको मृत्यु , १२ घाईते

| 2018 Oct 09 | 12:24 pm 1894

बझाङ, असोज २३: बझाङको बागथलाबाट विजगडाका लागी छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ।

बुंगल नगरपालीकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा जीप दुर्घटना हुँदा कञ्चरपुर जिल्ला बेदकोट नगरपालीका ५ बस्ने ६५ बर्षिया विष्ना देवि बोहरा र कैलालीको घोडाघोडी नगरपालीका ५ का ५६ बर्षिया धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यस्तै जीप दुर्घटनामा १२ जना घाईते भएका छन्। जसमा कञ्चनपुर जिल्ला बेदकोट नगरपालीका बस्ने ३० बर्षिया मुडु बोहरा, ३५ बर्षिया प्रेम बोहरा, १० बर्षिया कविता बोहरा, १२ बर्षिया माया बोहरा, ४३ बर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाँउका चन्द्र सिहँ बोहरा, विरेन्द्र बोहरा पनि घाईते भएका छन् ।

यस्तै घाईते हुनेमा बुंगल नगरपालीका ६ का नरेन्द्र कुवर, कृष्ण कुवर, बुंगल नगरपालीका ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जीप दुर्घटनामा परी चालक केदार स्युँ गाँउपालीका ४२ बर्षिया रण बहादुर खाती र सहचालक सुनील खाती समेत घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उपचार देउरा स्वास्थ्य चौकीमा भइरहेको छ । बुंगल नगरपालीकामा पुजा आजा गर्नका लागी उनीहरु मन्दिर तर्फ जाने क्रममा जीप दुर्घटना भै मृत्यु तथा घाईते भएको बुझीन आएको प्रहरीले जनाएको छ । घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.