झलारीमा ट्याक्टर दुर्घटनामापरी तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Dec 04 | 08:35 am 2229

कञ्चनपुर, मंसिर १८ः शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा ट्याक्टर दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ । महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लालझाडी गाउँपलिका-९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा १४ जना सवार थिए। बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू विवाहको भोज खान ट्याक्टरमा हिँडेका थिए। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.