झरीको प्रवाह नगरी मन्त्री मगरद्वारा पानी प्रशोधन केन्द्रको निरीक्षण

रिपोर्ट नेपाल | 2019 Dec 13 | 06:19 pm 1599

काठमाडौं, मंसिर २७ : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेस्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण गरेकी छन् । शुक्रबार परेकाे झरीको प्रवाह नगरी काठमाडौं उनले प्रशोधन केन्द्रको निरीक्षण  गरेकी हुन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय हुने उनले बताइन् । प्रशोधन केन्द्रको सबै काम सकिएको भए पनि यसको सुन्दरता निर्माण र पार्क निर्माणलगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताइन् ।

दुई वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, केही ढिला भए पनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन् ।

सरकारले बागमती नदीको सफाई अभियानअन्तर्गत काठमाडौं उपत्यकाको ढल सीधै नदीमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो। २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ।

प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युतसमेत निकाल्ने योजना सरकारको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.