झरना राईकाे साकेला गीत सार्वजनिक (भिडियोसहित)

रिपोर्ट नेपाल | 2019 Jun 17 | 03:53 pm 2755

काठमाडौं, असार २ : किरात समूदयाले उभौली (वैशाखे) र उधौली (मंसिरे) पूर्णिमामा साकेला चाड हर्सोल्लासमय मनाउने गरेका छन् । किरात समूदयाले ढोल, झ्याम्टा, अर्नाको सिङ, पुङ, शिलिखोङ बजाउँदै सेउली र चौंरीको पुच्छर हल्लाउँदै साकेला गीत गाउँदै गोलाकारमा नाच्छन् ।

नव गायिका झरना राईले पनि यस्तै मौलिक हाम्रो पहिचान बाेकेकाे साकेला सम्बन्धी नयाँ गीत बजारमा ल्याएकी छन् । किरात समुदायमा  मनाइने उभौँली र उधौली नाच्दा बजाइने साकेला भाका  ‘चौबन्दी चोली फरिया लाएर, नाचौं सँगसँगै साकेला गाएर’ बाेलकाे गीत सार्वजनिक गरेकी हुन् ।

उक्त गीतमा गीतकार देव राईको शब्द तथा मनोज साङ्सोनको सङ्गीत रहेकाे छ भने सङ्गीत संयोजनमा रेकर्ड गराएका हुन् ।  गीतकाे म्युजिक भिडियाेमा गायीका राई आफ्नैले फिचरिङ्ग पनि गरेकी छन् । राजु कार्कीले ध्वनि मुद्रण तथा सम्पादन गरेका यस गीतको भिडियो जस्केलो कृयशनले तयार गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.