तनहुँ, माघ २० : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गेडहीगुढी गाविस वडा नम्बर–४ स्थायी घर भई तनहुँ ब्यास नगरपालिका वडा नम्बर–४ बस्ने २३ वर्षीय (बाबुलाल धोती) भन्ने बाबुलाल शाह रहेका छन्।
२०७४ भदौ २० गते राती नौ बजेको समयमा जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नम्बर–४ बागबजार टोलमा रहेको ड्राईभईन होटलमा वीरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको मुद्दा जाहेरी भएको थियो ।
मुद्दा पश्चात् फरार रहेका अभियुक्त (बाबुलाल घोती) भन्ने बाबुलाल शाहलाई आज आइतबार करिब १२ बजेको समयमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नम्बर–१ डुम्रेबजारमा फेला पारी पक्राउ गरिएको छ । अभियुक्तलाई कारबाहीको लागि आजै तनहूँ जिल्ला अदातलमा पेश गरिएको जानकारी प्राप्त भएको छ ।