ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 13 | 08:17 pm 2608

काठमाडौं, असोज २७ः ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ५ घर भई हाल काठमाडौं बौद्ध बस्ने २८ वर्षीय काजी लामा भन्ने रोजकुमार लामा रहेका छन् ।

२०७४ असार ९ गते काठमाडौं कमलादीस्थित टाइम्स क्लबको पार्किङ स्थलमा चेङ्गा तामाङलाई व्यक्तिगत रिसिइबीका कारण लामासहित ५ जनाको समुहले ईटा, रड र हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएको र उक्त घटना पश्चात उनीहरु फरार रहेका थिए ।

लामालाई हिजो सोमबार अपराध महाशाखाबाट खटिएको विशेष टोलीले बौद्धबाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त मालिगाउँ पठाइको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.