तनहुँ, साउन १२ः ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं १२ घर भई वडा नं ५ बेलचौतारा बस्ने २६ वर्षीय गणेश गुरुङ रहेका छन् ।
२०७४ जेठ २४ गते बुधवार तनहुँ म्याग्दे गापा वडा नं ४ मनहरी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रतिवादी भेजा भन्ने ईश्वर कुमार श्रेष्ठ समेतले तनहुँ व्यास नपा १ का ३३ वर्षीय बिमल दरै र सोही नपा २ का २४ वर्षीय सुरज कायस्थलाई बाटो छेकी धारीलो हतियार खुकुरी समेत प्रहार गरी मरासन्न हुने गरी कुटपिट गरी घाईते बनाएका थिए ।
उक्त ज्यान मार्ने उद्योग मुद्दामा तत्काल घटनामा संलग्न रही फरार रही कानूनको म्याद समेत गुजारी लुकीछिपी बस्दै आएका उनीहरुको खोजतलास गर्ने क्रममा २०७७ साउन ११ गते गुरुङलाई फेला कानूनी रितपुर्वक पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएको प्रहरीले जानकारी दिएको छ ।