ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 08 | 08:57 pm 2155

रौतहट, जेठ २६ः ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरका ६५ वर्षीय मुक्ति साह रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

प्रतिवादी मोहम्मद अफताब आलम समेत भएको विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.