ज्यान मारेर फरार भएका तीन अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 23 | 08:34 pm 2180

काठमाडौँ, ७ साउन : महानगरीय प्रहरी परिसर काठमाडौँले ज्यान मार्ने उद्योगमा फरार तीनजनालाई पक्राउ गरेको छ । परिसरले मानबहादुर दुरैली विकको हत्यामा संलग्न रामेछापका २२ वर्षीय रमेश दुरैली विक, २८ वर्षीय गोपाल दुरैली विक, २३ वर्षीय सुजन दुरैली विकलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले २०७० पुस १६ मा मानबहादुरको हत्यामा संलग्न श्यामकुमार राईको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.