जोशीलाई सर्वोच्चमा १ नम्बर इजलास

| 2018 Sep 13 | 12:02 pm 1637

काठमाडौं, भदौ २८: संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका दीपकराज जोशीको सर्वोच्चमा भएको पुनरागमनले सर्वोच्चमा प्रधानन्यायाधीशदेखि अन्य न्यायाधीश नै अन्योलमा परेका बेला जोशीलार्इ एक नम्बर इजलास दिइएको छ।

सर्वोच्च अदालत फर्किएको तेस्रो दिन जोशीलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले एकल इजलाशका लागि ३ वटा पेशी तोकेका छन्। जोशीले बिहीवार १ नम्बर इजलाश पाएका छन्।

जोशी अस्वीकृत भएपछि नियुक्त भएका प्रधानन्यायाधीस मिश्रलार्इ जोशीले सर्वोच्चमा स्वागत गरेका थिए। अहिले सर्वोच्चको न्यायाधीशको वरियताक्रममा समेत जोशीको नाम एक नम्बरमा छ।

प्रधानन्यायाधीश मिश्र उमेर हदका कारण पौष मै अवकास पाउने भएपछि बरियताको आधारमा पुनः जोशी नै सिफारिस हुने र प्रधानन्यायाधीशमा नियुक्त हुने राजनीतिक आश्वासनले जोशी सर्वोच्चमा फर्किएको स्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.