जेलबाट ४०० जना बन्दी फरार

रिपोर्ट नेपाल | 2018 Sep 03 | 06:31 pm 2741

त्रिपोली, भदौ  १८ : लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् ।  सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् ।

“ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्.,” न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएका थिए ।

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरुलाई हटाएर भागेका हुन् । उनीहरु खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

घटनास्थल दक्षिणी त्रिपोलीमा पर्दछ । प्रत्यक्षदर्शीहरूले आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् ।  पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.