अछाम, फागुन ६: जिल्ला कारागारमा अछाममा एक कैदी मृत अवस्थमा फेला परेको छ ।
मृत्यु हुनेमा पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका विक सुतेको अवस्थामै कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।
उनी मंगलबार बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ ।
कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका बुझिएको छ ।