शंकर रिखाम मगर उदयपुर, वैशाख १ः उदयपुरको उदयपुरगढी गाउँपलिका वडा नम्वर,१ तावाश्रीलाई वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरले आउदो जेठ १५ गते वालमैत्री घोषणा गर्ने भएको छ ।

वालमैत्री वडा घोषणाका लागि चाहिने सम्पुर्ण ५१ सुचकहरु पूरा गरि “वालमैत्री घोषणा कार्य योजना” तयारिका साथ अनुगमनको कार्यहरु अगाडि वढाउने निर्णय गरिएकोछ । सहयोगी संस्था जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, वालमैत्री स्थानिय शासनका सम्पुर्ण वडा समितीका प्रतिनिधिहरु, वडाका स्वास्थ्य प्रमुख, वाल सन्जालका प्रतिनिधि, वडा भित्रका सरोकारवाला संघ संस्था लगाएतका प्रतिनिधिहरुको उपस्थिती रहेको भेलाले वडालाइ वालमैत्री घोषणाको लागि कार्य योजना वनाइ जिम्मेवारीको वाडफाट गरिसकेको छ ।

२०८० जेठ १५ गते हुने वालमैत्री घोषणाको लागि उदयपुरगढी गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरिएको वडा नम्वर,१ का वडाअध्यक्ष दिलवहादुर राना मगरले वताउदै सहयोगी संस्था जाल्पा एकीकृत विकास समाज र वर्ल्ड भिजन इन्टरनेशन नेपालवाट ४ लाख रुपैयाँ त्यसैगरी हुरेण्डेक उदयपुर १ लाख ५५ हजार रुपैयाँ र उदयपुरगढी गापा वडा नम्वर,१ को ७५ हजार रुपैयाँ सहभागिता रकम सहित १२ लाख ३० हजार रुपैयाँ खर्च हुने वडाअध्यक्ष राना मगरले वताए ।

वालमैत्री घोषणा तयारिको लागि समुदायवाट आउनु पर्ने सम्पुर्ण तिरो तथा कर रकम गाउँ गाउँमा अभियान सन्चालन गरि असुल गरिएकोछ भने वाकी वडा कार्यलयमै असुली कर तथा तिरोको रसिद निरन्तर काट्नेकाम जारी रहेने वडा लेखा शाखाका खरिदार वुद्धिमान राइले वताए ।

आगामी दिनमा वडाको सम्पुर्ण सिफारिस तथा काम गर्नको लागि तिरो तथा कर तिरेको रसिद लिएर आएमा मात्र काम हुने र रसिद नहुने घरधुरिको काम कुनै हालतमा पनि नगर्ने वडाअध्यक्ष राना मगरले वताए ।