जुवा खेल्ने ११ जना प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2019 Jul 31 | 01:23 pm 1957

चितवन, साउन १५: जुवा खेलि रहेकाे अवस्थामा जुवाकाे खालबाट ११ जनालाई चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई भरतपुर महानगरपालिका वडा न १५ मंगलपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए  ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ३ का ४६ वर्षीय शैलेन्द्र श्रेष्ठ, वडा न २० का ३६ वर्षीय राजु थापा, ४३ वर्षीय गोविन्द श्रेष्ठ, वडा न ४ का ३० वर्षीय रवि कुमार गुप्ता, वडा न १० का ४३ वर्षीय पदम लामा, वडा न १८ का ४० वर्षीय शालिकराम रेग्मी, वडा न १५ का ४० वार्षीय बिर बहादुर लामा रहेका छन् ।

जुवा खेल्नेस्थानबाट ३१ थान कौडा, नगद २ लाख ९३ हजार ३ सय ५० रुपैँया र २ थान मोबाइल समेत  बरामद गरिएको प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए ।

यस्तै राप्ती नगरपालिका वडा न ४ का ६७ वर्षीय कृष्ण प्रसाद तिमिल्सीना, वडा न ५ का २५ वर्षीय मन्दिप धरेल, रत्ननगर नगरपालिका वडा न १३ का ४० वर्षीय कुमार गुरुङ, नवलपरासी गैडाकोट नगरपालिका वडा न १ का ४८ वर्षीय मनिलाल गौतम रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.