ललितपुर, पुस २८ः मंगलबार बिहान जिल्लाको ताल्छिखेल १५ बाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २४ वर्षीय रोशन कुमार शाह, चितवनका २९ वर्षीय विनोद नेपाल, ललितपुर घर भएका पवित्र महर्जन र महेश श्रेष्ठ छन् ।
त्यसैगरी धादिङ घर भएका २४ वर्षीय मनिष पण्डित, ललितपुर घर भएका ४१ वर्षीय विकाश शाक्य र ३२ वर्षीय सुमन महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले जुवा खालबाट १ लाख १३ हजार नगद र १६ वटा कौडा बरामद गरेको छ । उनीहरूला अदालतबाट ७ दिनको म्याद लिएर आरोपीहरुबारे अनुसन्धान भइरहेको एसएसपी यज्ञविनोद पोखरेलले बताए ।
मनिष पण्डितले भाडामा लिएको घरमा कौडा खेलीरहेका ७ जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी पोखरेलले बताए ।