जुवातास खेल्दा खेल्दै १४ जना पक्राउ

| 2023 Dec 07 | 02:05 pm 1809

ललितपुर, मंसिर २१ / ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र  १६ थान कौडासहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५  हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.