जुवातास खेलिरहेको अवस्थामा चार पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 13 | 02:42 pm 1910

काठमाडौं, जेठ ३०: अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कामनपा–१४ कलंकीस्थित तिर्थ मानन्धरको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–४ का ३२ वर्षीय राम बहादुर बलामी समेत गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले नगद १६ हजार २ सय १५ रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवातास खेल्दैछ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.