जुवाको खालबाट ७ जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 05 | 09:42 am 993

कपिलवस्तु, कात्तिक १९ः जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित जुनकिरी होटलमा जुवाको खालबाट सवा लाख नगदी सहित ७ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा होटल साहु र घर धनी रामु भुसाल ,तिलाराम भुसाल मोबिन रेग्मी बाणगां नगरपालिका ८ लौगाईका राम बहादुर रानाभाट, पिपराका शेर बहादुर क्षेत्री, होम बहादुर थापा नविन भुषाल रहेका छन् ।

शुक्रबार मध्यरातमा सो होटलमा माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। खालबाट १ लाख ३६ हजार ८१५ रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए।

पक्राउ परेकोहरुसँग आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.