जुम्ला, असोज ३० : स्थानिय बसपार्क नजिकै रहेको पुलहाउसमा जुवा खेल्दै गरेका अवस्थामा १४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेलेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई दुई लाख ५१ हजार रकम सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
दशैँ तिहारका नाममा बढ्न सक्ने विकृति, विसंगति, जुवातास, मदिरा सेवनलगायतका अनैतिक क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान संचालन गरेको बुझिएको छ। सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम सार्वजनिक भने नगरेको बताए ।