जुम्लामा जिप दुर्घटना ३ जनाको मृत्यु, ४ घाइते

| 2018 Oct 24 | 05:48 pm 3495

जुम्ला, कात्तिक ७  : जुम्लाको हिमा गाउँपालिका १ बर्कीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

जुम्ला सदरमुकामबाट नाराकोटतर्फ जाँदै गरेको भे १ ज ८६५ नम्बरको जिप आज बुधबार दुर्घटना दुर्घटना भएको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन्।

सात जना सवार जिप दुर्घटनामा मृत्यु हुनेमा करिब २५/२६ वर्षका लाले सार्की, उनकी श्रीमती जानकी सार्की र उनकी ८ महिने छोरी महिमा सार्की रहेको डिएसपी रिजालले बताए।

दुर्घटनामा घाइतेहरुलार्इ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर उपचार भइरहेको उनले बताए। घटनाको कारणबारे थाहा भइनसकेको र घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.