जुम्लामा कैदीबन्दीका लागि पुस्तकालय

रिपोर्ट नेपाल | 2019 Jan 10 | 10:08 am 3184

जुम्ला, पुस २६ : प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् ।

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेको हो ।

‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका साथ काम अघि बढाइएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए। कर्णालीकै १० जिल्लामध्ये पहिलो जिल्लाका रुपमा जुम्लामा यो अभियान शुरु गरिएको उल्लेख गर्दै उनले भने, “कैदी–बन्दीलाई अपराधीका रुपमा मात्र व्यवहार गरिँदा उनीहरुले आफूलाई हिनताबोध भएको महशुस गर्ने र कारागारबाट निस्केपछि पुनः आपराधिक क्रियाकलापमै सम्लग्न हुनसक्छन्, त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कला, साहित्य, सफल जिन्दगी कथा, आमसञ्चार, मानवअधिकार, कानूनलगायत पुस्तकहरु अध्यायन गर्न दिँदा बौद्धिक विकास हुने अपेक्षा गरिएको छ ।”

किताब पढौं, जीवनलाई बदल्लौँ, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ । कारागारको जीवन मात्र अन्त्य होइन भन्ने कुराको विकास गराउन यो अभियान थालिएको सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.