जुम्लाको तापक्रम माइनस १ मा झर्‍यो : कस्तो रहला त आजको मौसम?

| 2018 Nov 20 | 07:19 am 2179

काठमाडौं, मंसिर ४ : दिनानुदिन चिसो बढी रहेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस पुगेको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रा ८ डिग्री सेल्सियस थियो।

आज जोमसोमको तामप्रक ३ डिग्री, जिरीको १ दशमलव ८ डिग्री र जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ।

यसअघि शनिबार मंसिर १ गते वर्षकै धेरै चिसो भएको थियो। त्यसदिन काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। यसअघि २० कार्तिकमा तापक्रम घटेर ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो त्यसपछि क्रमशः तापक्रम बढेर न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेको थियो।

मंसिर ०४ गते (मंगलबार) आज दिउँसो देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहने मौसमविद्‍ले अनुमान गरेका छन्। अपरान्ह पछि पूर्वी भू-भागमा सामान्य मौसम बदली भई एक दुई स्थानमा छिटफुट वर्षाको संभावना रहेको जनाइएको छ।

आज बिहान सुर्योदय ६ बजेर २८ मिनेटमा भयो भने सूर्यास्ट बेलुका ५ बजेर १० मिनेटमा हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.