काठमाडौं, मंसिर २३: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोकी पुनम श्रेष्ठले नेपाललाई ४८औं स्वर्ण दिलाएकी छिन् ।
पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन् । जारी खेलमा नेपालले जुडोतर्फ दोस्रो स्वर्ण जितेको हो ।