जुगेडी पुलबाट कार खस्दा दुई घाइते

रिपोर्ट नेपाल | 2018 Aug 31 | 11:53 am 1725

चितवन, भदौ १५: काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफैं अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.