म्याग्दी, कात्तिक १४ः ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा १० वर्षीया रिया विक रहेकी छन् भने चालकसहित २ जना गम्भीर घाइते भएका छन् । ध १ ज ८९६ नम्बरको जीपमा ११ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।