जीप दुर्घटना हुँदा बागलुङमा दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 26 | 07:45 am 2362

बागलुङ, कात्तिक ९: जिल्लाको तमानखोला गाउँपालिकामा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बागलुङले जानकारी दिए ।

मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जनाए ।

जीप सडकदेखि करीब एक हजार २ सय मिटर तल खसेको बोङ्गादोभान प्रहरी चौकीले बताए । यात्रु पुर्याएर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले बताए । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.