बाजुरा, मंसिर ३ः जीपको ठक्करबाट बाजुरामा १० बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्बर १ कुणीका रति लोहारका छोरा १० वर्षीय रमेश लोहार रहेका छन् ।
खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउदै गरेको सु प त ०१ ज १०२००३ नम्बरकाे जीपले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका बालककाे उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त जीपकाे ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मदनजित महाराले बताए। उनका अनुसार घटनाको यथार्थका बारेमा अनुसन्धान भइरहेको बताइएकाे छ ।