काभ्रे, फागुन २: शुक्रबार दिउँसो बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको हो ।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको बा १९ च १३२३ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।
नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत रहेको बुझिएको छ ।
काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार बाटो काट्ने क्रममा जिपको ठक्करले असई गुरुङको मृत्यु भएको बताए ।