काठमाडौं, साउन २३ : नागरिकको जीउ धनको सुरक्षाको माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिले कञ्चनपुरले आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बुझाएका हुन् ।
पछिल्लो समय डर, त्रास, धम्की, लुटपाट, अपहरण र बलात्कार जस्तो ठुला अपराधहरू बढ्दो गएकाले नेपाली कांग्रसेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एन पी साउद, कञ्चनपुर निवर्तमान सभापति बहादुर सिंह थापा, कञ्चनपुरका सभापति हरिप्रसाद बोहोरा, र पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशीले ज्ञापन पत्र बुझाउँदै नागरिकको जीउ धनको सुरक्षा माग गरेका हुन् ।
स्थानीय निर्वाचन पश्चात् कञ्चनपुरमा नै मात्र १७ वटा बलात्कार भएको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कृष्ण नगरपालिकाकी कविता विष्ट र भीमदत्त नगरपापलिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएकोमा गम्भीर ध्यानाकर्षपण भएकाे समेत ज्ञापन पत्रमा उल्लेख छ ।
हालसम्म पनि प्रहरीले छानिविन गरेर अपराधीलाई र्काबाही नगरेको प्रति दु: ख व्यक्त गरेका छन् । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दा स्थानीय प्रहरीबाट दमन गरिएको र सत्य पक्षका केही जिम्मेवारी व्यक्तिबाट ‘लासमाथि राजनीति गर्यो’ भन्ने अभिव्यक्ति आएकाले कतै रक्षक पक्ष नै भक्षक हुन कि भन्ने शंका उत्पन्न भएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

