जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल विजयी

| 2022 Jun 15 | 02:00 pm 1413

गुल्मी, असार १ः जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी भएका छन् । उनले एमालेका युवराज न्याैपानेलाई पराजित गरेका हुन् । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजेन्द्र सलामी उपप्रमुखमा विजयी भएका छन् । उनले १५ मत र पराजित एमालेका रमादेबी पुनले नौ मत प्राप्त गरिन्। सदस्यमा महेश्वर भण्डारी,  शेरबहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र नरमाया राना निर्वाचित भएका छन् ।

एमालेको तर्फबाट सदस्यमा पिताम्बर अर्याल, कृष्णप्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ,  सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थी पराजित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.