जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

| 2022 Jul 31 | 08:19 am 2165

बाजुरा, साउन १५ः नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम जस्तै देखिने विस्फोटक पदार्थ निस्कृय पारेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो। स्थानीय दिनेश विकको घरमा बम जस्तै देखिने बस्तु फेला परेको थियो।

शौचालय निर्माणका लागि खाल्डो खन्ने क्रममा बम भेटिएको हो। प्रेस कुकर जस्तो देखिने भाँडो विद्युतीय तार जडानसहीत जमिन खन्दै जाँदा भेटिएको दिनेश विकको भनाई छ। सुरुमा निकाल्न खोज्दा विद्युतीय तार देखेपछि प्रहरीलाई खबर गरेका विकले बताएका छन्।

बडीमालिका नगरपालिका ९ को गैर बजार बस्ती पछाडि र जिल्ला प्रहरी कार्यालय, रेडियो बाजुराको अगाडि शंकास्पद बस्तु भेटिएको हो। शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको टोलीले निस्कृय पारेको हो।

सोही क्षेत्रमा द्धन्द्धकालिन अवस्थामा नेपाली सेना र प्रहरीको ब्यारेकको घेरा समेत थियो। त्यसैबेला नै सेना प्रहरीका तर्फबाट सुरक्षार्थ राखिएको हुन सक्ने अनुमान गरिएको छ। शंकास्पद बस्तु सेनाको टोलीले निस्कृय पारेको प्रहरी नायव उपरिक्षक सूर्य थापाले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.