जिल्ला प्रहरी कार्यालयमा आगलागी स्थानीयबासी र प्रहरीद्वारा नियन्त्रण

रिपोर्ट नेपाल | 2019 Feb 02 | 08:56 am 2232

  • तुल मगर

बाजुरा, माघ १९  : देश र जनताका निम्ति दिन रात खट्ने प्रहरी प्रशासनले समाजमा भएका विभिन्‍न घटनाहरु चोरीडकैती, बाढीपहिरो, आगलागी जस्ता आपतकालिन अवस्थामा सामाजिक उद्धार गर्ने प्रशासनलाई आज समाजले नै उद्धार गर्नु परेको छ ।

बाजुराको जिल्ला प्रहरी कार्यालयमा अचानक आगलागी भएको छ । आज शनिबार बिहान करिब छ बजे प्रहरी कर्मचारीहरु विभिन्‍न कामका सिलसिलामा बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले रिपोर्ट नेपाललाई दिएको समाचार अनुसार आगलागीबाट एक लाखभन्दा बढीको सामान क्षति भएको जनाएको छ । उक्त प्रहरी कार्यालयको नयाँ भवन निर्माणा गर्दै गरेको हुँदा प्रहरीहरु अस्थायी टहरामा बस्दै आएका थिए ।

कार्यालयमा लागेको आगो कार्यरत प्रहरी जवान र स्थानीय बजारवासीको सक्रियतामा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । यस्तो अवस्थामा प्रहरी जनतासँग र जनता प्रहरीसँग एक अर्का प्रति परिपूरक हुनु पर्ने देखिएको छ । आज यो घटनाले पुष्टि गरेर देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.