जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नयाँ नियम लागू हुने

रिपोर्ट नेपाल | 2020 Jul 30 | 02:48 pm 10049

काठमाडौं, साउन १५ः सेवाग्राहीको भीडभाड कम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ नियम बनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बनाएको नयाँ नियम साउन १८ गतेदेखी लागू हुने गरी ल्याएको हो ।

नयाँ नियम अनुसार काठमाडौं महानगरबासीले नागरिकता प्रमाणपत्रलगायत सेवा लिन आइतबार कार्यालय जानु पर्नेछ।

सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनिबारबाहेक कार्यालय खुल्नेछ ।

प्रशासन कार्यालयले भीडभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.