काठमाडौं, चैत ७ः विभिन्न कम्पनीका उत्पादनहरू नेपाली बजारमा ल्याएर उपभाेक्ताकाे आवश्यकतालाई पूरा गरिरहेकाे जिमी ग्रुप प्रालिले नयाँ ब्रान्डको इटालियन स्वादको ‘जिमी गोसे’ वाइन सोमबारदेखि नेपाली बजारमा ल्याएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिए ।
उक्त वाइन अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ मा रहेकाे छ, र दुवै प्रकारकाे वाइन नेपाली बजारमा भित्र्याएको हो । ७५० एमएलको बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साे वाइन अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद र उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको जनाएको छ । याे वाइन गुणस्तरीय भएकाले नेपाली उपभोक्तामा राम्रो छाप छोड्न सक्ने अपेक्षा लिएको मस्टा ग्रुपका प्रबन्ध निर्देशक जगतबहादुर धामीले बताए ।
जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको देशभर बजार व्यवस्थापन भने मस्टा ग्रुप प्रालिले गरेको छ ।