स्याङजा, चैत २२ : वालिङ नगरपालिका–७ बिसौनीस्थित भित्री सडकमा चापाकोटबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ५५२२ नम्बरको जिप सडकको कुनामा शुक्रबार बिहान पल्टिएर दुर्घटना हुँदा जिपमा सवार १८ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।