पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझपख जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । टंकको ठेगाना अझै खुल्न नसकेको प्रहरी सुत्रको भनाई छ ।
ठिमुरेको नेटा बजारबाट तानसेन जाँदै गरेको बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाई भएको बुझिएको छ ।