जिद्धी कसेर माग राख्‍नु प्रजातन्त्र होइन: प्रचण्ड

| 2018 Jul 21 | 09:35 pm 2212

काठमाडौं, साउन ६: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सकारात्मक कार्य अगाडी बढाउन सरकार कसैको अगाडी नझुक्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले भने, ‘अनावश्यक ढंगले वातावरण नबिग्रियोस भन्ने तिर हामी लागेका छौं । कसैको माग र जिद्धिका अगाडि सरकार झुक्ने कुरा सम्भव छैन । जिद्धी कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन।’

अध्यक्ष प्रचण्डले अराजकता र अस्थिरतामा रमाउने एउटा वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको आरोपसमेत लगाए। उनले भने, ‘अस्थिरता र अराजकतामा रमाउनेहरु र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अर्बौं कुम्ल्याउनेहरु अहिले त्यति खुसी छैनन्।’

अध्यक्ष प्रचण्डले विकास र समृद्धिलाई अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताए। उनले नकारात्मक ढंगबाट राजनीति गर्नेहरुलाई निरुत्साहीत गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउने तिर पार्टी र सरकार केन्द्रित भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया