जितको उत्साह बोकेर राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

| 2019 Feb 04 | 12:00 pm 1684

काठमाडौँः युएई टुरमा रहेको राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदैछ।

युएईविरुद्धका एक दिवसीय र टी– २० दुबै सिरिज जितेको क्रिकेट टोली आज स्वदेश फिर्ता हुन लागेको हो। नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ र टी २० सिरिज पनि २-१ ले नै जितेको थियो।

नेपालले दुबै फर्म्याटमा सिरिज जितेको पहिलोपटक हो। नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली आज दिउँसो ३२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतलमा अवतरण गर्नेछ।

दुबै सिरिजमा नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जित्तै सिरिज जितेको हो।

ओडिआई सिरिजमा कप्तान पारस खड्का म्यान अफ दि सिरिज घोषित भएका थिए भने टी २० मा फास्ट बलर अभिनाश बोहरा म्यान अफ दि सिरिज बने।

नेपाली टिमका स्टार खेलाडी सन्दीप लामिछानेले भने नेपाल नफर्कने भएका छन्। सन्दीप युएईबाटै अष्ट्रेलिया जानेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.