जालसाजी मुद्दामा फरार व्यक्ती ३ वर्षपछि पक्राउ

| 2020 Aug 16 | 08:58 pm 1604

तनहुँ, साउन ३२ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा जालसाजी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ साबिक बन्दिपुर नपा २ कायम बन्दिपुर गाउपालिका वडा नं. २ पार्चेतिनपाटेका ७२ वर्षीय रुद्र बहादुर कामी रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ भदौ ४ गतेको फैसला उपर तोकिएको जरिवाना मध्ये ७ लाख २५ हजार जरिवाना तिर्न बाँकी रहेका निज रुद्र बहादुर कामीको खोजतलास गर्ने क्रममा मिति २०७७ साउन ३० गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको तनहुँ प्रहरीले जानकारी दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.