जापानमा बाढीपहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 08 | 06:44 am 2265

जापान, असार २४: जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । बाढीपहिरोमा परि दर्जनौँ हराइरहेका छन् ।

सबैभन्दा क्षति हिरोशिमा प्रिफेक्चर क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण यहाँका सयौँ घरहरु भत्किएका छन् ।

जापानमा १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान भनिएको छ । बेपत्ता मानिसहरुको खोजी तथा उद्धारमा सयौँको संख्यामा प्रहरी, कर्मचारी, अग्निनियन्त्रक तथा सेना खटिएका छन् ।

जापानको मौसम विभागका अनुसार शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म राजधानी टोकियोमा ५ सय ८३ मिलिमिटर पानी परेको थियो । केही दिन अझ पानी पर्ने मौसमविदले जनाएका छन् । आँधी तुफानको मौसम भएकाले नदी किनारका बस्तीहरु जोखिममा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.