जापानमा कोभिड सङ्क्रमणको आठौं लहर, संक्रमित बढ्दै

रिपोर्ट नेपाल | 2022 Dec 22 | 07:53 am 1641

टोकियो, पुस ७: जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौं लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन्। गत अगस्ट २५ यता पहिलोपटक त्यहाँ सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्। टोकियोमा लगातार बिरामी बढेका छन्। ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन्। पछिल्लो महामारीका कारण बुधबार दुई सय ९६ जनाको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.