जापानका प्रधानमन्त्री अबे सत्तारुढ दलको नेतामा विजयी

| 2018 Sep 20 | 02:14 pm 2007

जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । अबेको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को आज बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षका छन् ।

उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका बताइएको छ । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए । नेता इसाबा जापानका पूर्व रक्षामन्त्री हुन् ।

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.