एजेन्सी, असार २४ः जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार हुँदा घाइते भएका छन्।
बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियाेपुलमाेनरी घात भएकाे छ ।
टाेक्याेका पूर्व गभर्नर याेइचि मासुचाेकाे ट्वीट अनुसार उनलाई कार्डियाेपुलमाेनरी घात भएकाे हाे ।
कार्डियाेपुलमाेनरी घात हुनु प्रारम्भिक रूपमा जापानमा औपचारिकमा मृत्यु भएकाे घाेषणा गर्नु अगाडि भन्ने हुन्न्छ ।
जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गाेलीकाण्ड हुने गर्छन् ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनकाे शरीरबाट रगत बगेकाे थियाे उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
स्थानीय समयानुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उनी भाषण गरिरहेका थिए । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहेका थिए । एजेन्सी